नेपाली

प्रतिनिधि सलाम

H・Y सपोर्ट कम्पनीले बिदेशी कामदारहरुलाई महत्वको साथ लिएको छ !

H・Y सपोर्ट कम्पनीको होमपेज हेर्नुभएकोमा धन्यबाद । यस कम्पनीले बिशेष गरी बिदेशी कामदारहरुलाई बिभिन्न कम्पनी तथा अस्पातालहरुमा काम लगाइदिने ब्यवसाय (हाकेन) गर्दछ । त्यस क्रममा कामदारको कदर गर्ने सोंच यस कम्पनीको महत्वपूर्ण पाटो हो । प्रत्येक कामदारले दिलदेखि नै काम गर्ने बातावरण बनाउनु यस कम्पनीको सबैभन्दा ठूलो लक्ष्य हो । यस कम्पनीमा दर्ता गर्नु भएका बिदेशी कामदारहरुबाट पनि निम्न ३ बुंदाहरुको उच्च मुल्यांकन गर्नु भएको छ ।

1हेरचाह र प्राबिधिक क्षेत्रमा अधिकतम काम गर्ने ठाउँहरु छन ।
अवश्य पनि जापानमा चिन्ताको बिषय भनेको काम गर्ने स्थान पाइन्छ कि पाइन्न भन्ने हो । त्यस बिषयमा यस कम्पनीले हेरचाह र प्राबिधिक क्षेत्रमा प्रशस्त कामको ब्यवस्था गर्ने भएकोले ढुक्क हुनुहोस ।
2भर्खरै जापान आएका ब्यक्तिहरुको लागि पनि राम्रो सपोर्ट हुन्छ ।
यस कम्पनीले भर्खरै जापान आएका ब्यक्तिहरुलाई पनि बासस्थानको परामर्श तथा दैनिक जीवनयापनको बिषयमा आईपर्ने समस्याको समाधानमा पनि सहयोग गर्दछ । बस्ने कोठा कसरी खोज्ने भन्ने जस्ता समस्यामा पर्नु भएको छ भने पनि बिना हिच्किचाहट सम्पर्क गर्नुहोस ।
3उत्कृष्ट शिक्षाको लागि सहयोग र क्यारिअर बनाउने मौका पनि हुन्छ ।
जापानमा राम्रोसंग काम सिकेर लामो अवधीको लागि काम गर्न चाहने र थप उत्तरदायित्व सहितको काम गर्न चाहनेहरुको लागि सोही अनुसारको शिक्षा दिने ब्यवस्था छ । त्यसको लागि बिभिन्न पाठ्यक्रमको पनि ब्यवस्था गरिएकोले त्यही अनुसारको अनुभूति हुने गरी काम गर्न सकिने छ ।

त्यसैले यस कम्पनी मार्फत जापानमा काम गर्ने सबैले ढुक्क भएर जीवन यापन गर्ने बातावरण तयार भएको छ । जापानमा काम गर्न चाहने तर बिबिध चिन्ता छ भने पनि अवश्य हामीलाई सम्पर्क गर्नुहोस । अवश्य नै जापानमा गर्न मन लाग्ने वा गर्न सक्ने काम पनि छन ।

कम्पनीको बिवरण

नाम H.Y. सपोर्ट कम्पनी लिमिटेड
चेयरम्यान Onaga Hiroshi
चेयरम्यान Onaga Yukiko
फोन नं ०५८-२१४-९४९१
फ्याक्स नं ०५८-२१४-९४९२
ठेगाना गिफुकेन, गिफु-सी, रोकुज्यो मिनामी २-१२-१३, वापिन बिल्डिंग १०१
पूँजी ६०० मान (६० लाख)
कामको प्रकार बिशेष कामदार हाकेन, अन्तर्राष्ट्रिय मार्केटिंग, सफ्टवयर सर्भिस,क्यारिअर कन्सल्ट्यान्ट, बिजनेस म्याचिंग, प्राबिधिक हाकेन, मानव संसाधन नियुक्तिमा काउन्सेलिंग